Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो सेयर बजार, झन्डै ७ अर्बको कारोबार

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १५ : ०८ मा प्रकाशित

दोहोरो अंकले बढ्यो सेयर बजार, झन्डै ७ अर्बको कारोबार

कारोबार साताको अन्तिम दिन आज (बिहिबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक झिनो दोहोरो अंकले बढेको हो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १०.१३ अंकले बढेर २६८४.०१ को बिन्दुमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले बढेको हो  । यस्तै सेन्सेटिभ परिसूचक १.१२ अंकले बढेर ४७९.५० को बिन्दुमा पुगेको छ  । 

आज कूल २१८ कम्पनीको २ करोड १४ लाख ९६ हजार ५३७ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९२ करोड ३३ लाख २९ हजार ४७० रुपैयाँ बराबरको कारोबार भएको छ  । बुधबारको तुलनामा कारोबार रकममा सुधार आएको छ । बुधबार ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकी ४ वटा उपसमूहको सेयरमूल्य घटेको छ  ।

त्यस्तै आज १३ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरै वृद्धि भएको छ । जसमध्ये २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज समता लघुवित्त वित्तीय संस्था लिमिटेड र दिव्यश्वरी हाइड्रोपावरकाे सेयरमूल्य १० प्रतिशतले बढेको हो । 

त्यसैगरी, विशालबजार कम्पनी, रुरु जलविद्युत, सांग्रिला डेभलपमेन्ट बैंक, जाेशी हाइड्रोपावर, प्रोगेशिभ फाइनान्स, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्स कम्पनी युनियन हाइड्राेपावर र  सेन्ट्रल फाइनान्सकाे सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक कारोबार गरेको छ भने रिडी हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, साल्ट ट्रेडिङ लगायत कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको