Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको खुुद मुनाफा १४.८१ करोड,प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, ३१ बैशाख २०७८, ०७ : ०५ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको खुुद मुनाफा १४.८१ करोड,प्रतिसेयर आम्दानी कति ?

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १८.६१ प्रतिशतले धेरै हो ।  गत वर्षको सोहि अवधिमा कम्पनीले १२ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीले ९८ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  गत वर्षको तुलनामा यो आम्दानी ३३.०१ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो आम्दानी ७४ करोड १३ लाख रुपैयाँमा सीमित थियो ।

हाल चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ८७ लाख रुपैयाँ, इन्स्योरेन्स कोषमा ४० करोड रुपैयाँ रहेको छ ।   

कम्पनीको खुद मुनाफामा बृद्धिसंगै प्रतिसेयर आम्दानीमा भने बृद्धि आएको छ । गत बर्षको यसै अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ २० पैसा रहेकोमा अहिले त्यो घटेर १८ रुपैया ३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ४० पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको