Like us!
Follow us!
Connect us!
Watch us!

ओरिएन्टल इन्स्योरेन्सको नाफामा गिरावट,  अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

शनिबार, ०१ जेठ २०७८, ०८ : ४३ मा प्रकाशित

ओरिएन्टल इन्स्योरेन्सको नाफामा गिरावट,  अन्य सूचक कस्ता छन् ?

ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २५ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  यो नाफा गत आर्थी वर्षको सोहि अवधिको तुलनामा १२ करोड १३ लाख रुपैयाँले कम हो ।  गत वर्ष कम्पनीले ३७ करोड २५ लाख खुद नाफा कमाएको थियो । 

चैत मसान्तसम्म कम्पनीले ८४ करोड ३१ लाख बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले बीमा शुल्क मार्फत ८० करोड ११ लाख आर्जन गरेको थियो । 

सो अवधिसम्ममा कम्पनीले ५० करोड १८ लाखभन्द बढी दावी भुक्तानी गरेको छ ।  यस्तै कम्पनीको बीमा कोषमा ९१ करोड ७६ लाख रहेको छ । कम्पनीको जगेडा कोषमा ७८ करोड ८६ लाख रहेको छ । 

609f398040059.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको