Like us!
Follow us!
Connect us!
Watch us!

मर्चेण्ट बैंकरका कार्यालयबाट हुने सम्पूर्ण काम बन्द, अत्यावश्यक सेवा पनि अनलाइनबाटै

अर्थ संसार

शनिबार, ०१ जेठ २०७८, ०८ : ५७ मा प्रकाशित

मर्चेण्ट बैंकरका कार्यालयबाट हुने सम्पूर्ण काम बन्द, अत्यावश्यक सेवा पनि अनलाइनबाटै

मर्चेण्ट बैंकरहरुले आफ्ना ग्राहकहरुलाई अनलाईनमार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने भएका छन् ।

सम्पूर्ण मर्चेण्ट बैंकरहरुले आफ्ना ग्रहकहरुलाई अनलाईन मार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने गरी कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पुर्ण सेवाहरु हाललाई स्थगित गरेको ।

नेपाल धितोपत्र बोर्डले बैशाख ३० गते दिएको निर्देशनपछि मर्चेन्ट बैंकर्स एशोसिएसनले शुक्रबार यस्तो निर्णय गरेको हो ।  

नेपाल सरकारले अत्यावश्यक कार्य बाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागु गरेको अवस्थामा मर्चेण्ट बैंकरहरुलाई समेत नेपाल धितोपत्र बोर्डबाट सिष्टम संचालनको लागि कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउने गरि Work From Home मार्फत कार्य संचालन गर्नु पर्ने निर्देशन प्राप्त भएको हुँदा ग्राहकवर्ग तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी तथा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधीभर अनलाईन सेवालाई प्राथमिकतामा राख्न सबै ग्राहक वर्गमा नेपाल मर्चेण्ट बैंकर एशोसियसनले अनुरोध गरेको छ । 

सेयर खरिद बिक्री सम्बन्धी कार्यलाई अनलाईन मार्फत गर्नुहुन तथा सेयर बिक्री गर्दा इडिआईएस मात्र प्रयोग गर्न समेत अनुरोध गरेको छ  । 

609f3c7fbb4e6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको