Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया बैंकले सीआईटीको साढे ३ लाख कित्ता सेयर लिलामीमा ल्यायो, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, ०९ : ४५ मा प्रकाशित

एनआईसी एसिया बैंकले सीआईटीको साढे ३ लाख कित्ता सेयर लिलामीमा ल्यायो, प्रतिकित्ता मूल्य कति ?

एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको साढे ३ लाख कित्ताभन्दा बढी संस्थापक सेयर आज (आइतबार)बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ।

बैंकले सीआईटीको ३ लाख ५० हजार ३६९ कित्ता सेयर लिलामीमा राखेको हो।  उक्त सेयरमा प्रचलित कानुनबमोजिम योग्य जोसुकै लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्। 

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ३६६ रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि जेठ २७ गतेसम्म आवेदन दिन पाउनेछन्। 

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय तथा एनआईसी एसिया बैंकको काठमाण्डौ थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय वा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सकिनेछ। 

उक्त सेयरको बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको