Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि, ६६४८ जना कोरोना जितेर घर फर्किए

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १६ : ५७ मा प्रकाशित

आइतबार थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि, ६६४८ जना कोरोना जितेर घर फर्किए

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा ७ हजार ३ सय १६ जनामा र ३ सय ४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ४५ जना संक्रमितको मृत्यू भएको भने ६ हजार ६ सय ४८ जना संक्रमण मुक्त भएका छन् ।  हाल सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १ सय ६३ जना रहेका छन् ।

शनिबार देशभर ८ हजार १ सय ६७ जना संक्रमित थपिएका थिए भने ५ हजार ४ सय ५५ जना निको भएका थिए । यस्तै मृतकको संख्या १ सय ८७ जना रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको