Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य संकटकाल लगाउने बिषयमा अध्ययन भइरहेको छः परराष्ट्र मन्त्री ज्ञवाली

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १७ : ३४ मा प्रकाशित

स्वास्थ्य संकटकाल लगाउने बिषयमा अध्ययन भइरहेको छः परराष्ट्र मन्त्री ज्ञवाली

नागरीकस्तरबाट नेपालमा कोरोना महामारी नियन्त्रण बाहिर भन्दै स्वास्थ्य संकटकाल लगाउन माग भइरहेको बेला सिएमसीको आजको बैठकमा स्वास्थ्य संकटकाल घोषणाका बिषयमा छलफल भएको छ । 

बैठकमा बोल्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले अहिले सङ्क्रामक रोग ऐनले थाम्न नसकेको वा गर्न नसकेको केके काम स्वास्थ्य संकट लगाएर हुन सक्छ भन्ने तुलनात्मक अध्ययन भइरहेको बताए । “संकटकाल घोषणाले परिणाम आउँछ भने घोषणा गर्दा उपयुक्त हुन्छ, नभए घोषणा गरेर मात्र नतिजा आउने होइन”, मन्त्री ज्ञवालीले भने ।

देशको समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगबाट महामारीविरुद्ध लगाउन जरुरी  आवश्यक रहेको बताउँदै उहाँले अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका अस्पताल, विभिन्न प्रतिष्ठान, प्रादेशिक र स्थानीय तहले सञ्चालन गर्ने आधारभूत अस्पतालका सेवालाई एकीकृत ढंगबाट सञ्चालन गर्न आवश्यक देखिएको बताए ।

बैठकले झञ्झटिलो प्रक्रिया हटाउनका लागि कानूनी प्रबन्ध तथा  खोपलगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न र  ऐनमा थप सुधार गर्न आवश्यक देखिएको निष्कर्ष निकालेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको