Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिद्धारा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त, आजै अमेरिका जाने

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, १२ : २० मा प्रकाशित

राष्ट्रपतिद्धारा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त, आजै अमेरिका जाने

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कौग्रेसका नेता डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेकी हुन् । 


परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काको बुधबार दिउँसो १ जे शपथ लिने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार खड्काको शपथ आज दिउँसो एक बजेका लागि शीतलनिवासमा तय भएको छ । परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्युयोर्क जाने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको