नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सिईओ) मा सुरेशप्रसाद खत्रीको नियुक्तीलाई नियमनकारी निकाय बीमा समितिले स्वीकृत प्रदान गरेकोछ।
कम्पनीको संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बीमासमितिसँग सैद्धान्तिक सहमतीको लागी पठाएको थियो।
गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारीअधिकृत खत्रीलाई कामु सिईओको जिम्मेवारी दिइएको थियो।बैङगलोरबाट एमबिएगरेका खत्रिको बिमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस