Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तले सर्वसाधरणलाई आइपिओ निष्काशन गर्ने

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, ०६ : २९ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तले सर्वसाधरणलाई आइपिओ निष्काशन गर्ने

नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ८ लाख २८ हजार कित्ता साधारण शेयर निश्कासन गर्न लागेको हो ।

यसका लागि संस्थाले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

आइपिओ निश्कासनको लागि भएको सम्झौतापत्रमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विश्वप्रकाश प्रसाईले  हस्ताक्षर  गरेका छन् ।

कम्पनीको अघिल्लो आर्थिक बर्ष २०७६ ७७ को बार्षिक प्रतिवेदन अनुसार कम्पनीको सेयर पुँजी १७ करोड २१ लाख ५० हजार रुपैयाँ रहेको छ भने संस्थाको जेगेडा कोषमा २७ करोड ७८ लाख रुपैया जम्मा छ । आईपिओ निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ पुग्ने छ ।

पर्बतको कुश्मामा केन्द्रिय कार्यलय रहेको संस्थाले विभिन्न ५६ शाखाहरु मार्फत ७८ हजार घरधुरीमा सेवाप्रवाह गरिरहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको