Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनलाई लगानीकर्ता काफ्लेको प्रश्नः लगानीकर्ताको हितमा बोल्ने कि, दलाली प्रवृत्तिलाइ पक्षपोषण गर्ने ?

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, २२ : ०५ मा प्रकाशित

सेबोनलाई लगानीकर्ता काफ्लेको प्रश्नः लगानीकर्ताको हितमा बोल्ने कि, दलाली प्रवृत्तिलाइ पक्षपोषण गर्ने ?

सेयर बजारका लगानीकर्ता दुर्गा प्रसाद काफ्लेले  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताको हितमा बोल्ने कि, दलाली प्रवृत्तिलाई पक्षपोषण गर्ने हो ? भनेर बोर्डमाथि प्रश्न खडा गरेका छन् ।

बोर्डले बिभिन्न सामाजिक सञ्जार र मिडियाहरु मार्फत सेयरलाई प्रभावित पार्ने व्यक्ति तथा समूहलाई कारवाहि गर्ने चेतावनी दिएपछि लगानीकर्ता काफ्लेले बोर्डलाई लक्षित गर्दै आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् : आम लगानीकर्ताका हित विपरितका तथा नाम वेथितीमा सेबोन चु बोल्दैन तर, नयाँ लगानीकर्ताहरू फस्न हुदैन भनेर बोलेको कुरामा कसि लगाउँछ । के सबोनको पारा यहि हो  ?

लगानीकर्ता काफ्लेले संविधानमै वाक स्वतन्त्रता छ । संविधान विपरित वोल्नै नपाउने त होइन होला नि ? जवरजस्ती किन्न वा नकिन्न भन्न पाइदैन यदि कसैले गरेको भए कानुनी कठघरामा ल्याइनु पर्छ, तर कम्पनीको  सहि विश्लेषण त गर्न पाईन्छ, विश्लेषणको आधारमा राम्रो र नराम्रो भन्न त पाइन्छ होला नि भनेर बोर्डलाई प्रश्न तेर्साएका छन् । 

काफ्लले  आम लगानीकर्तहरुलाई  सेयर वजारको वेथितीको बारेमा बोल्न आग्रह गर्दै सेबोनको कुम्भकर्ण निन्द्रा भंग गर्नु पर्ने बताएका छन् । 

बोर्डले बिभिन्न सामाजिक सञ्जार र मिडियाहरु मार्फत सेयरलाई प्रभावित पार्ने कोही कसैले गरेको पाईएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गरिने छ जनाएको छ । 

साथै बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने भन्दै संचार माध्यम, सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको सेयरको मुख्य बढ्ने वा घट्ने विषयमा टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयरहरु किन्न उक्साउने वा नकिन्न प्रेरीत गर्ने वा बजारको स्वतन्त्र रुपले सन्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन समेत निर्देशन दिएको छ ।

अब उपरान्त कुनै व्यक्ति वा समूहले यस्तो गरेको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ कमोजिम कारवाही हुन सक्ने भन्दै बोर्डले लगानीकर्ताहरुलाई कसैको उक्साहटमा नलागी सुझबुझले लगानीगर्न अनुरोध गरेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको