Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओकै मूल्यमा नारायणी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, ०८ : १७ मा प्रकाशित

आईपीओकै मूल्यमा नारायणी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बैंकको अविरतिर हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता सेयर लिलाम बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८ हजार ४४४ कित्ता अवितरित हकप्रद सेयर सबैले किन्न पाउने गरी लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ । बैंकले यी सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । सेयर किन्नका लागि बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ताका लागि र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । बोलपत्र भोलि मंसिर ११ गतेदेखि २५ गतेभित्र बुझाउनु पर्नेछ ।

यस्तो बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक ग्लोलब आइएमई क्यापिटल लिमिटेडको साथै ग्लोबल आइएमई बैंकको विराटनगर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायणगढ, न्यूरो–पोखरा, वुटवल–मिलनचोक, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइँनेछ र सोही स्थानमा बुझाउन सकिनेछ ।
 

692667a57bac5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको