Like us!
Follow us!
Connect us!
Watch us!

विश्वका कुनैपनि नियामक निकायले सेयर किन्नु वा नकिन्नु भनेर भन्न पाइँदैन भनेको छैनः बिश्लेषक बस्याल

अर्थ संसार

शुक्रबार, ०७ जेठ २०७८, ०९ : ४९ मा प्रकाशित

विश्वका कुनैपनि नियामक निकायले सेयर किन्नु वा नकिन्नु भनेर भन्न पाइँदैन भनेको छैनः बिश्लेषक बस्याल

सेयर विश्लेषक बिष्णु बस्यालले संसारभरिका नियामक निकायहरुले यो सेयर किन्नु अनि यो सेयर न किन्नु भनेर भन्न पाइँदैन भनेर नभनेको बताएकाछन् । 

आज सामाजिक सञ्जाल फेसबुकमा स्टया्टस लेख्दै बस्थालले नेपाल धितोपत्र बोर्डले यो सेयर किन्नु अनि यो सेयर न किन्नु भनेर भन्न पाइँदैन भनेर भन्नु भन्दा पनि नेपालमा शेयर बजार बिश्लेषक हरुको लागि निश्चित योग्यता न तोकेको कारणले गर्दा जो सुकैले आफूलाई विज्ञ भनेर चिनाउने प्रवृत्ति हावी भएको भन्दै उनले सेबोन ले कसैले बोल्न नपाउने भन्नु भन्दा पनि योग्यता तोकेर तथा उसको परीक्षा लिएर बिश्लेष्कको को लाइसेन्स दिने कार्य तुरुन्तै गर्नु पर्ने माग गरेका छन् । 

बस्यालले फेसबुकमा लेखेको स्ट्याटस यस्तो छः 

सेयर बजारमा विभिन्न खालका analyst विद्यमान छन्। पूरा विश्व भरिनै analyst हरूले कुन सेयर किन्ने र बच्ने भन्ने सल्लाह दिई रहेका हुन्छन। के कसैलाई सल्लाह दिन बाट रोक्न सकिन्छ?

लगानीकर्ताकाे पहिलो धर्म हो कि कसैले दिएको सलाह के को आधारमा छ भनेर बुझ्ने। यदी स्वयं अध्धयन न गरीकन कसैको भनाई काे भरमा मात्र लगानी गर्छ भने ऊ आफैं मूर्ख हो। यसमा कसैलाई दोष दिन मिल्दैन। सेयर बजारमा लगानी गर्न आये पछि मलाई झुक्याएर कसैले लगानी गर्न उत्प्रेरित गर्यो भन्न पाइँदैन।

शेयर बाजार संसारकै सबै भन्दा जोखिमपूर्ण लगानी हो तथापि याे बजारमा लगानी गरेर मनग्य कमाउने हुरुको संख्या पनी प्रसस्त देख्न पाइन्छ।

नियामक निकायले भन्ने यति मात्र हो की तपाईंले कसैको सलाह लिनु हुन्छ भने उसले भनेका कूरा के आधारमा छ भनेर राम्रो संग बुझ्नुहोस् अनि मात्र स्वविवेक प्रयोग गरेर लगानी गर्नुहोस।

संसारभरिका नियामक निकायहरुले याे सेयर किन्नु अनि याे सेयर न किन्नु भनेर भन्न पाइँदैन भनेर भनेको छैन। तर कस्ले भन्न पाउने वा कसको कूरा सुन्ने भनेर तोकेको अवस्था छ। तथापि नियामक ले आफूले तोकेको analyst ले भनेको कूरा सुन्नै पर्छ भनेर कहिले पनि भन्ने गर्दैन। यसमा पनी नियामक निकायले लगानीकर्ता ले स्वविवेक प्रयोग गर्नु पर्छ भनेर आग्रह गरेको हुन्छ।

नेपालमा शेयर बजार analyst हरुको लागू निश्चित योग्यता न तोकेको कारणले गर्दा जो सुकैले आफूलाई विज्ञ भनेर चिनाउने प्रवृत्ति हावी भएको छ। SEBON ले कसैले बोल्न नपाउने भन्नु भन्दा पनि योग्यता तोकेर तथा उसको परीक्षा लिएर analyst काे लाइसेन्स दिने कार्य तुरुन्तै गर्नु पर्यो। त्यसपछि मात्र उसले भन्न सक्छं की फलानो मान्छे वा संस्था शेयर बजार काे बिषेशज्ञ हो।

नियामक निकाय ले बिषेशज्ञ फलानो हो भनेर मात्र भन्न सक्छं तर कसैले सलाह दिन नै पाउँदैन भनेर भन्नु उपयुक्त होइन। नियामक निकायले बिषेशज्ञकाे सलाह लिनु होला भन्न सक्छ तर उसको सलाह मान्ने न मान्ने भन्ने कुरा लगानीकर्ता काे स्वविवेकमा निहित छ भनेर पनी प्रष्ट भन्नू पर्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको