Like us!
Follow us!
Connect us!
Watch us!

३.३८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्दै उदयपुर सिमेन्ट

अर्थ संसार

सोमबार, १० जेठ २०७८, ०६ : ०८ मा प्रकाशित

३.३८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्दै उदयपुर सिमेन्ट

उदयपुर सिमेन्ट उद्याेग लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २०औं देखि ३३औं वार्षिक साधारण सभा जेठ ३० गते आइतबार,  उद्योगको समीक्षाहल, जलजले, उदयपुरमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।

सभाकाे विशेष प्रस्तावमा ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने एजेन्डा रहेकाे छ । कम्पनीले सम्बन्धीत निकायकाे स्वीकृती लिएर उद्याेगकाे नाममा रहेकाे ऋणकाे १ अर्ब ७२ करोड ५० लाख साँवा रकम र १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ व्याज रकम गरी कुल ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँलाई साधारण सेयर कायम गरी नेपाल सरकारकाे सावाँ तथा व्याज रकम राफसाफ गर्न लागेकाे हाे ।

यसका साथै, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा विभिन्न आर्थिक वर्षको वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, सभामा कम्पनीकाे ४ अर्ब रहेको जारी पूँजीलाई १० अर्ब पुर्याउने प्रस्ताव पनि विशेष प्रस्ताव रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60a9f01e5a2aa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको