Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार ७९१४ संक्रमित थपिए, १९३ जनाको मृत्यु

अर्थ संसार

आइतबार, ०९ जेठ २०७८, १७ : २४ मा प्रकाशित

आइतबार ७९१४ संक्रमित थपिए, १९३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । जसमध्ये, काठमाडौंका एक हजार ७ सय ८१ जना, ललितपुरका ६ सय ९४ जना र भक्तपुरका ३ सय ६६ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षणमा ७ हजार ५ सय ९८ जना र  ९ सय ३१ जनाको एन्टिजेन परीक्षणमा ३ सय १६ जना गरी कुल ७ हजार ९ सय १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हो । 

 यसैगरी, मन्त्रालयका अनुसार बितेको २४ घण्टामा एक ९३ जना संक्रमितको मृत्यू भएको छ ।  पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना जितेर फर्किएका छन् ।

शनिबार देशभर ८ हजार ९ सय ८० जना संक्रमित थपिएका थिए, भने ८ हजार ८ सय ४८ जना निको भएका थिए । यस्तै, मृतकको संख्या १ सय २९ जना रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको