Like us!
Follow us!
Connect us!
Watch us!

काठमांडौमा थप एक साता निषेधाज्ञा

अर्थ संसार

सोमबार, १० जेठ २०७८, ११ : ०१ मा प्रकाशित

काठमांडौमा थप एक साता निषेधाज्ञा

जिल्ला प्रशासन कार्यलय काठमांडौले कोरोनाको संक्रमणदर नघटेपछि काठमांडौमा जारी निषेधाज्ञा एक साताका लागि थप गर्ने जनाएको छ । 

मंगलबार बस्ने उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् ।

गृह मन्त्रालयले शनिबार तीनैवटा सुरक्षा निकाय र सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मानिसहरुलाई घर बाहिर निस्कन नदिन र निषेधाज्ञालाई कडाइ गर्न निर्देशन दिएको थियो । मन्त्रालयको यो र्निदेशन पछि जारी निषेधाज्ञालाई थप कडाईका साथ कार्यन्यन गराउइने जनाईएको छ । 

सरकारले केही दिन अघि ल्याएको कोभिड संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यन्यनका लागि यस्तो परिपत्र गरिएको हो । उक्त परिपत्र अनुसार निषेधाज्ञाको उल्लंघन गर्नेहरुलाई जरिवान, होल्डिङ गर्ने सम्मको कानुन कार्यन्यनको र्निदेशन दिइएको छ । 

सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गराउने, बिना काम बाहिर निस्कनेलाई दुईसय रुपैयाँ तिराउन सक्ने भनिएको छ । अनुमतिबिना वा बिरामी ओसारपोसार गर्ने बाहेक सवारी साधन चलाए कार्वाही गर्नसक्ने व्यवस्था पनि छ ।

यस्तो अवस्था दुईपांगे्रलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।

अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको