Like us!
Follow us!
Connect us!
Watch us!

केही प्रावधान खुकुलो पार्दै उपत्यकामा थप एक साता निषेधाज्ञा

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, १६ : १५ मा प्रकाशित

केही प्रावधान खुकुलो पार्दै उपत्यकामा थप एक साता निषेधाज्ञा

आज (आइतबार) बसेको उपत्यकाका ३ जिल्ला भक्तपुर, ललितपुर र काठमांडौका सिडिओहरुको बैठकले उपत्यकामा जारी निषेधाज्ञा केहि परिमार्जन सहित एक साता थप गर्ने निर्णय गरेको छ  ।  

अहिले संक्रमण दर केहि कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको छ । हाल बिहान ९ बजेसम्म मात्र खुल्ला रहेका तरकारी तथा खाद्यान्न पसल तथा शैक्षिक सत्र सुरु हुने वेला भएकाले पुस्तक पसल पनि अब बिहान ११ बजेसम्म खुल्नेछन्। अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।

अपरान्ह ४ बजेपछि हार्डवेयर तथा इलेक्ट्रोनिक्स पसलहरु समेत खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजिकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेका होटल–रेस्टुरेन्टहरुले अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल–रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् ।

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजिकरण गरिने छ भने विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजिकरण गर्ने निर्णय भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको