Like us!
Follow us!
Connect us!
Watch us!

आइपिएल क्रिकेट : चेन्नईसँग मुम्बई दोस्रो पटक पनि पराजित

अर्थ संसार

आइतबार, २० बैशाख २०८३, ०५ : २१ मा प्रकाशित

आइपिएल क्रिकेट : चेन्नईसँग मुम्बई दोस्रो पटक पनि पराजित

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य चेन्नईले १८.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । 

योसँगै चेन्नईले जारी सिजन मुम्बईमाथि दोस्रो पटक जित निकाल्दै महत्वपूर्ण अंक जोड्यो । मुम्बई प्लेअफ दौडबाट बाहिरिने अवस्थाको नजिक पुगेको छ। पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनायो। मुम्बईका लागि नमन धिरले ५७ रन र रायन रिकेल्टनले ३७ रन बनाए । चेन्नईका बलरमध्ये अन्शुल कम्बोजले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। नूर अहमदले २ विकेट लिएर मुम्बईको मध्यक्रमलाई दबाबमा राखे ।

जवाफी ब्याटिङमा चेन्नईका कप्तान रुतुराज गायकवाड र कार्तिक शर्माले उत्कृष्ट प्रदर्शन गरे। गायकवाडले अविजित ६७ रन बनाए । कार्तिक शर्माले अविजित ५४ रन जोडे। यी दुवैले अर्धशतक बनाउँदै टोलीलाई सहज जित दिलाए। चेपकको सुस्त पिचमा चेन्नईका बलरहरूले सुरुवातदेखि नै राम्रो लाइन–लम्बाइमा बलिङ गर्दै मुम्बईका ब्याटरलाई खुल्न दिएनन्। त्यसपछि गायकवाड र कार्तिकको साझेदारीले लक्ष्य पछ्याउन कुनै कठिनाइ भएन।
यो जितसँगै चेन्नईले ९ खेलबाट चौथो जित निकाल्दै अंक तालिकामा छैटौँ स्थानमा उक्लिएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको