Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले ल्यायो वैभब बचत खाता, ब्याजदर आकर्षक

अर्थ संसार

सोमबार, १० जेठ २०७८, १३ : २२ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले ल्यायो वैभब बचत खाता, ब्याजदर आकर्षक

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा वैभब बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको हो । 

कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्फत ग्राहकहरुले सजिलै यसखाता खोल्न सक्नेछन् ।

उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभब बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम बर्षको लागिशत् प्रतिशत छुट प्रदान गरीएको छ ।

त्यस्तै उक्तखातामालकर सुविधामा ५०% छुट दिनुका साथै Connect IPS को  सुविधापनि रहेको छ ।  

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ,Connect IPS, QR Code लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको