Like us!
Follow us!
Connect us!
Watch us!

३८ हजार प्रहरीले लगाए कोभिसिल्ड

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, ०७ : ३१ मा प्रकाशित

३८ हजार प्रहरीले लगाए कोभिसिल्ड

अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् ।  प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये २४ हजार १६० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । विगतमा कोभिसिल्ड पहिलो मात्रा लगाएका प्रहरी लाई दोस्रो मात्रा लगाइएको हो ।  ६९ हजार बढी प्रहरी छन् ।

अत्यन्त जोखिमपूर्ण रुपमा कार्यस्थलमा खटिने प्रहरीलाई खोप न्यून भइरहेको अवस्थालाई सीमित कोभिसिल्ड खोप निकासा गरी स्वास्थ्य मापदण्ड पूर्ण पालनाका साथ आलोपालो रुपमा बुधबार, विहीबार र शुक्रबार खोप लगाउने व्यवस्था गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।सो क्रममा महानगरीय सशस्त्र प्रहरी गण न २ महाराजगञ्जमा बुधबार र आजसहित प्रहरी प्रधान कार्यालय तथा अन्तर्गतमा कार्यरत जम्मा एक हजार ३११ लाई खोप लगाइएको छ । 

यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका ४३४ , महानगरीय प्रहरी परिसर काठमाडौँ तथा मातहत वृत्तमा समेत गरी  एक हजार ४८ , महानगरीय प्रहरी परिसर ललितपुरका २५० र महानगरीय प्रहरी परिसर भक्तपुरमा ३५० लाई कोभिसिल्ड दोस्रो डोज खोप लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबारसमेत थप खोप लगाइने जनाइएको छ ।

२१ हजार रुपैयाँ जरिवाना सङ्कलन 

निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ७२३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४५५ गाडी र एक हजार २६८  मोटरसाइकल छन् । सो क्रममा नयाँ भेरियन्ट सहितको कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६१५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने १८२ लाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम २१ हजार रुपैयाँ जरिवाना गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको