Like us!
Follow us!
Connect us!
Watch us!

सहाराका सेयरधनीको लगानी ४ बर्षदेखि बन्धक, हकप्रद सेयर किन्नेले बोनस पाएनन्

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, १२ : २३ मा प्रकाशित

सहाराका सेयरधनीको लगानी ४ बर्षदेखि बन्धक, हकप्रद सेयर किन्नेले बोनस पाएनन्

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको कम्पनी सहारा विकास बैंकको सेयरको दोस्रो बजार कारोबार करिब ४ बर्षदेखि रोक्का छ । यसरी वर्षौसम्म बैंक विना सूचना गायब हुँदासमेत नियमनकारी नियकायहरु बेखबर जस्तै छन् । दोस्रो बजारमा सूचीकृत भएको कम्पनी वर्षौसम्म सरोकारवालाहरुलाई कुनै जानकारी नगराइ बजारबाट हराउँदा लगानीकर्ताहरु प्रत्यक्ष मारमा परेका छन् ।

नियामक निकायहरुको यस्तो लापरवाहीले गर्दा साधारण लगानीकर्ताको लगानी लामो समय निस्क्रिय बन्न पुगेको छ। कम्पनीले आर्थिक बर्ष २०७३/०७४ पछि हालसम्म कुनै साधारसभासमेत गरेको छैन। बैंकले आर्थिक बर्ष २०७३/०७४ मा वितरण गरेको बोसन शेयर सेयरधनीहरुको हितग्राही खातामा भर्खरै मात्र आएको छ । 

यसरी लामो समयसम्म कम्पनीले बार्षिक साधारणसभा नगर्दा र दोस्रो बजार कारोबार लामो समयसम्म रोक्का हुँदा पनि धितोपत्र बजारका नियामक निकायहरु नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले कुनै ठोस कदम लिएको देखिँदैन। लगानीकर्ताहरुको लगानीको सुरक्षा गर्नु पर्ने नियामक निकायहरु नै यसरी निरिह भएर बस्दा लगानीकर्ताहरुले आफ्नो समस्या कसलाई पोख्ने र त्यसको समाधानको अपेक्षा कसबाट गर्ने ?

देवः विकास बैंकसँगको मर्जर सम्बन्धी सम्झौता तोडिएपछि बैंक स्वयंले धितोपत्र कारोबार रोक्का गर्न आवेदन गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ। कसैसँग एक्विजिसनको प्रकृया नचलेको अबस्थामा निवेदन दिँदैमा राष्ट्र बैंकले कसरी कारोबार रोक्न सक्छ रु राष्ट्र बैंकको भनाइ आफैंमा अनौठो छ । साहारा विकास बैंकले देवः विकास बैंक र सहयोगी विकास बैंकसँग गाभ्ने गाभिने सम्झौता गरेको थियो। सहारा विकास बैंकले पुनः धितोपत्र कारोबार फुकुवा गर्न निवेदन नगरेको केन्द्रिय बैंकको भनाइ छ । 

लामो समयदेखि दोस्रो बजार कारोबार रोक्का रहेको सहारा विकास बैंकलाई गरिमा विकास बैंकले प्राप्ति गर्ने सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरेसँगै सहाराको शेयर कारोबार २०७७ साल असोज १८ गते देखि पुनः  रोक्का गरिएको नेप्सेले जनाएको छ ।
सहारा विकास बैंकको शेयर कारोबार रोक्का !

पुस १७ गते बोलकबोलमा सेयर खरिद गरेका लगानीकर्ताहरुले त्यसको करिब ४५ दिनपछि मात्र प्रस्ताव गरिएको लाभांश पाएका छैनन् । 
बैंकले २०७५ साल माघ २ गते ७ औं साधारणसभाको मिति माघ २३ गतेलाई तय गर्दे सेयरधनीहरुलाई २३ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश माघ २३ गते सम्पन्न बैकको साधारणसभाले पारित समेत गर्यो । बैंकले अवितरित हकप्रद सेयर बोलकबोलका लागि आह्वान गर्दा बोनस वितरण गर्ने प्रस्ताव गरिएको साधारणसभाको मिति सार्वजनिक गरेको थिएन ।

पछि नियामक निकायले बुकक्लोज मितिबारे प्रश्न गर्दा बैंकको दोस्रोबजार कारोबार रोक्का रहेकाले बैंकले बुकक्लोज मिति उल्लेख नगरेको स्पष्टिकरण दिएको लगानीकर्ताहरु बताउछन् । लाभांश प्रस्तावको करिब ४५ दिनअघि बैंकको सेयर बोलकबोलबाट खरिद गरेका लगानीकर्ताहरुले बोनस सेयर पाउने कि नपाउने भन्ने बिषयमा बिगतमा पनि बैंकको व्यबस्थापन संग प्रश्न गर्दा तत्कालिन सिईओले पाउनुहुन्छ भन्ने जवाफ दिएको बोलकबोलमा सेयर किन्ने अमरदास रन्जित बताउछन् । 

२०७४ साल जेठ २५ गते अन्तिम कारोबार भएपछि हालसम्म पनि बैंकको सेयरको दोस्रो बजार कारोबार खुलेको छैन । 

तर अहिले कम्पनीको सेयर नेप्सेमा सुचिकृत भएपछि भने कम्पनीले त्यसबेला वितरण गरेको बोनस सेयर आफ्नो हितग्राहि खातामा नआएपछि मात्र आफूहरुले ठगिएको थाहा भएको रन्जित बताउँछन् । कम्पनीको बोनश सेयर गत महिना (बैशाख) २७ गतेमात्र नेप्सेमा सुचिकृत भएको थियो । 

अहिले आफूले आफ्नो अधिकारका लागि नेप्सेमा समेत निवेदन दिएको तर हालसम्म पनि कुनै सुनुवाई नभएको उनी बताउँछन्  । बैंकसंग यसबारेमा कुरा गर्दा बैंकका सिईओ परिवर्तन भएको र आफूलाई पुराना कुराहरु थाहा नभएको जवाफ नयाँ सिईओबाट पाएको रन्जित बताउँछन् ।
यस बिषयमा बुझ्न हामीले सहारा विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत दयाकान्त शाहसँग सम्पर्क गर्दा उनले  बोलकबोलबाट अवितरित हकप्रद सेयर बिक्रीभन्दा पहिल्यै बोनस सेयरका लागि बुक क्लोज गरिसकेको दावी गरे । उनले निर्णयको प्रतिलिपी वा सार्वजनिक सूचना भने उपलब्ध गराउन सकेनन् ।
ब्रोकर थप्न बोर्ड बाधक भएको लगानीकर्ताको आरोप, अध्ययन भइरहेको बोर्डको दावी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको