Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर थप्न बोर्ड बाधक भएको लगानीकर्ताको आरोप, अध्ययन भइरहेको बोर्डको दावी

कृष्ण भट्टराई

मंगलबार, ११ जेठ २०७८, १९ : ३६ मा प्रकाशित

ब्रोकर थप्न बोर्ड बाधक भएको लगानीकर्ताको आरोप, अध्ययन भइरहेको बोर्डको दावी

अहिले सामाजिक सञ्जाल एबम् सेयर बजारसम्बन्धि फोरमहरुमा सर्वाधिक उठ्ने बिषय बनेको छ ब्रोकर कम्पनीहरुको सेवा । एक बर्षको तुलनामा ४-५ गुणा बढीले दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या बढ्दा पनि ब्रोकरको संख्या थप नभएको भन्दै लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको चर्को आलोचना गरिरहेको सुनिन्छ । 

पहिलेको तुलनामा बजारमा लगानीकर्ताहरुको संख्या धेरै नै बढेकाले ५० को संख्यामा रहेका ब्रोकर कम्पनीहरुलाई सेवा दिन हम्मे परिरहेको देखिन्छ । कतिपय ब्रोकरहरुको फोन नै नउठ्ने गरेको गुनासो लगानीकर्ताहरुको सुनिन्छ । 

नेपालमा ब्रोकर संख्या थप गर्न आवश्यक छ कि छैन रु र नयाँ कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरणको विषयमा धितोपत्र बोर्डको तयारी कस्तो छ भन्ने बिषयमा लगानीकर्ता संघका नेताहरु, सेयर बिश्लेषक एंब धितोपत्र बोर्डका अधिकारीहरु संगकुराकानी गरेका छौः 

छोटेलाल रौनियार, अध्यक्ष नेपाल इन्भेष्टर फोरम
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डकै कारण अहिले नेपालमा नयाँ ब्रोकर लाइसेन्स वितरणको काम रोकिएको आरोप लगाएका छन् । 

बिगतमा संसदको अर्थसमितिले समेत नेपालमा थप नयाँ ब्रोकरहरुको आवश्यकता औल्याउँदै ब्रोकर संख्या बढाउन निर्देशन दिए पनि धितोपत्र बोर्डले त्यसलाई कार्यान्वयन गरेको बताए । 

अर्थमन्त्रालयले बैंकहरुका सहायक कम्पनीहरु मर्चेन्ट बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने निर्णय गरिसक्दा पनि नेपाल धितोपत्र बोर्डले रोकेको भन्दै उनले जतिसक्दो छिटो नेपालमा सम्बन्धित निकायले तोकेको योग्यता पुग्ने सबैलाई ब्रोकर लाईसेन्स दिएर प्रतिष्पर्धी बनाउनु पर्ने बताए ।  

पहिलेको तुलनामा अहिले सबै क्षेत्र र वर्गका मानिसहरु सेयर बजारमा प्रवेश गरेको भन्दै उनले अव नेपालको पूँजी बजारको विकासका लागि सबैभन्दा पहिले ब्रोकर संख्या थपेर हरेक स्थानिय तहसम्म ब्रोकरको पँहुच पुर्याउनुपर्ने आवश्यकता रहेको बताउँछन् रौनियार । 

अहिले पूँजी बजारसँग सम्बन्धित विभिन्न निकायहरुमा निर्णय गर्ने निकाय र कार्यन्वयन गर्ने निकायहरु भिन्नभिन्न हुँदा कतिपय नीतिगत निर्णयहरु कार्यन्वयनमा ढिलाई भइरहेको भन्दै उनले पूँजी बजार सम्बन्धि विभिन्न निर्णयहरु एकद्वार नीतिबाट हुनुपर्ने उनी बताउछन् ।   

राधा पोख्रेल, अध्यक्ष नेपाल पूँजी बजार लगानीकर्ता संघ
नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल सातै प्रदेश र सतहत्तर जिल्लामा बैंकहरुको सहज पहुँच पुगेको बैंकलाई ब्रोकर लाईसेन्स प्रदान गर्दा ग्रामिण भेगका लगानीकर्ताको समेत सेयर बजारमा सजिलै पहुँच पुग्ने र बढीभन्दा बढी लगानीकर्ता लाभान्वित हुने बताउँछिन् ।  

यसै पनि पछिल्लो समय बजारमा लगनीकर्ताको सँख्या र आकर्षण अत्याधिक बढ्दै जाँदा ब्रोकरले आफ्नो जनशक्ति र प्रबिधिको साथै सेवा सुबिधामा अलिकति पनि सुधार नगरेर पुरानै शैलीमा पशुपतीनाथ भरोसे चलाउन खोज्नुको कारण पछिल्लो समय ब्रोकरहरु लगानीकर्तालाई समयमै सेवा दिन असमर्थ रहेको तथ्य जग जाहेर नै छ । 

तसर्थ अन्य मुलुकको प्रयोगलाई पनि आत्मसात गर्दै ३ बर्षदेखि कम्पनी खोलेर बसेका बैंकलाई तत्काल ब्रोकर लाईसेन्स उपलब्ध गराउनु जरुरी रहेको उनको तर्क छ ।

हाल रहेका ५० ब्रोकर काठमाडौं केन्द्रीत भएका र मोफसलमा पनि आफ्नो ईच्छाअनुसारको फाईदा हुने ठाउँमा मात्र शाखा खोल्न अग्रसर हुने हुँदा अब मोफसलबाहिरका स्थानियलाई प्राथमिकतामा राखेर देशैभर १५० ब्रोकर थप हुन आवश्यक छ। सेयर कारोबार गर्दा सबैभन्दा पीडित राजधानीबाहिरका लगानीकर्ताहरु रहेका छन्, जसको आक्रोश दैनिक जसो सामाजिक सँजालहरुमा देख्न सकिन्छ । खुल्ला र स्वतन्त्र बजारमा एकात्मकताको अन्त्य हुनु जरुरी उनी रहेको बताउँछिन्  ।

संरक्षणा चौधरी,अध्यक्ष पूँजी बजार संघ
पूँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरीले प्राथमिक बजार देशव्यापी भएजस्तै दोस्रो बजार सेवालाई पनि देशव्यापी बनाउन आश्वा प्रणालीको ढाँचामा बाणिज्य बैंकका सहायक कम्पनीमार्फत दलाल व्यवसायीको अनुमतिपत्र दिई बैंकका हरेक शाखाहरूमार्फत सेवा प्रवाह गर्ने गरी स्थानीय स्तरमा दलाल व्यवसायीको व्यवस्था गरिनुपर्ने बताइन् ।

मुक्ति अर्याल, शेयर बिश्लेषक
शेयर बिश्लेषक मुक्ति अर्यालले नेपालको पूँजी बजारको विकासका लागि पनि तत्काल ब्रोकर संख्या थप हुनु पर्ने बताए । 

उनले जबसम्म ब्रोकरहरुलाई प्रतिष्प्रर्धि बनाउन सकिँदैन जबसम्म बजारको विकास हुन नसक्ने बताए । नियाकम निकायले तोकेको मापदण्ड पूरा गर्ने सबैलाई आवश्यकताका आधारमा ब्रोकर लाइसेन्स दिनु पर्ने जरुरी रहेको बताए । 

बजारको माग अनुसार ब्रोकर संख्या बढाउनु पर्ने भन्दै उनले अहिले ब्रोकर संख्या कम हुदाँ ब्रोकरहरुको सेवामा गुनासोहरु आइरहेको भन्दै उनले ब्रोकहरुको संख्या थप गरेमा तत्काल यो समस्या समाधान हुने बताए ।

कानुनबमोजिम सबैले व्यवसाय गर्न पाउनु पर्ने भन्दै उनले ब्रोकरको व्यबसाय गर्न अंकुश लगायएर नियामक निकायले संविधानको समेत उल्लघंन गरिरहेको बताए । देशभित्र नियामक निकायको मापदण्ड पूरा गरेर व्यवसाय गर्न पाउने जनताको अधिकार भएको भन्दै उनले कसैलाई पनि ब्रोकर व्यवसाय सञ्चालन गर्न दिनु पर्ने बताउँछन् अर्याल ।  

रुपेश के.सी, सहप्रवक्ता नेपाल धितोपत्र बोर्ड
नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले वाहिर मिडियाहरुमा आएजस्तो ब्रोकर संख्या थप गर्ने विषयमा बोर्ड नै बाधक भएको भन्ने कुरामा सत्यता नरहेको दावी गरे ।  

अहिले बोर्डले ब्रोकर संख्या थप गर्ने बिषयमा छलफल र अध्ययन गरिरहेको भन्दै अहिले नै यति समयमा नै ब्रोकर थप्छौं भनेर भन्न नसकिने उनले बताए । 

केसीले ब्रोकरहरु केन्द्रिय स्तरमा थप्ने वा प्रदेश स्तरमा थप्ने र यो विषयसँग सम्बन्धित सरोकारवाला निकायहरु पनि धेरै भएकाले अब कसरि अगाडि बढ्ने भन्ने बिषयमा विभिन्न सरोकारवाल समूहहरुसँग मात्र छलफल गरेर निर्णय गरिने बताए । 

बाहिर आएजस्तो अर्थ समितिले हामीलाई बिना कुनै सर्त ब्रोकर संख्या थप्नु भनेर निर्देशन दिएको होईन, उनले भने, उसले विभिन्न सर्तहरु राखेको छ । त्यो सर्तहरु बमोजिम मात्र ब्रोकर संख्या थप गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको