Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य क्षेत्रका लागि एक खर्ब २२ अर्ब बजेट विनियोजन

अर्थ संसार

शनिबार, १५ जेठ २०७८, १७ : ४९ मा प्रकाशित

स्वास्थ्य क्षेत्रका लागि एक खर्ब २२ अर्ब बजेट विनियोजन

लगानी खबरम, काठमाडौं - सरकारले स्वास्थ्य क्षेत्रका लागि एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी एक खर्ब २२ अर्ब ७७ करोड पुर्याइएको जानकारी दिए । 

सरकारद्धारा निशुल्क वितरण हुँदै आएका ७० प्रकारका औषधी सबै स्वास्थ्य संस्थामा निरन्तर उपलब्ध हुने र औषधी खरिदका लागि ५ अर्ब ६० करोड छुट्याइएको छ भने विपन्न नागरिकलाई मुटु रोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स लगायतको उपचार गर्न हाल प्रदान गरिएको अनुदान र १४ वर्ष मुनिका बालबालिका एवम् ७० वर्ष माथिका जेष्ठ नागरिकको मुटु रोगको निशुल्क उपचार सुविधालाई निरन्तरता यसको लागि २ अर्ब पचास करोड विनियोजन गरिएको छ । 

बिराटनगर, विरगञ्ज, बुटवल र धनगढीका सरकारी अस्पतालमा निसन्तान दम्पतीका लागि आइविएफ सेवा बिस्तार गरिने, यसै वर्षदेखि निर्माण कार्य थालनी गरिएका ३ सय ९७ स्थानीय तहका पाँच, दश र पन्ध्र सैय्याका आधारभूत अस्पताल दुई  वर्षभित्र सम्पन्न गरि सञ्चालनमा ल्याइने र बाँकी स्थानीय तहमा आगामी आर्थिक वर्षभित्र निर्माण कार्य प्रारम्भ गर्नका लागि ६ अर्ब १५ करोड रकम विनियोजन गरिएको छ । 


त्यस्तै, काठमाडौं उपत्यकाभित्र ३०० शैय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल र सबै प्रदेशमा ५० सैय्याको अस्पताल निर्माण गर्न रु १ अर्ब ३० करोड विनियोजन गरिएको छ ।  स्थानीय तहमा सञ्चालन हुने बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि बजेट व्यवस्था गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको