Like us!
Follow us!
Connect us!
Watch us!

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएकाे आक्रमणप्रति युनिफिनकाे विरोध

अर्थ संसार

आइतबार, १६ जेठ २०७८, १४ : ०३ मा प्रकाशित

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएकाे आक्रमणप्रति युनिफिनकाे विरोध

 कारवाहीकाे माग निजी,अर्धसरकारी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा काम गर्ने कर्मचारीहरुको साझा संगठन युनिफिनले पछिल्लाे समय चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भइरहेकाे आक्रमणकाे निन्दा गरेकाे छ ।

संगठनले देशमा बढ्दो महामारीको समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सिमित स्रोत, साधन र जनशक्तिका बाबजुद अग्रपंक्तिमा रहेर बिरामीहरुको उपचारमा खटिरेकाे बताउँदै यस जटिल र कारुणिक परिस्थितिमा समेत दिनरात, भोकप्यास नभनी आफ्नो ज्यान जोखिममा राखी बिरामीहरुको स्वास्थ्य लाभका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अनवरत रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेकाे बताएकाे छ ।

यस अवस्थामा तिनै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुर्ब्यवहारर कुटपिट जस्ता अमानवीय क्रियाकलापहरु बढ्दै गइरहेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

युनिफिनले २०७८ जेठ ४ गते बिराट मेडिकल कलेज , बिराटनगरमा स्वास्थ्यकर्मीहरुमाथि कुटपिट भएको घटनाको लगत्तै २०७८ जेठ १३ गते भेरी अस्पतालमा सेवामा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि हातपात गर्ने तथा अस्पतालसमेत तोडफोड गर्ने जस्तो आपराधिक दोहरिएको जनाएकाे छ ।

महामारीको यस विषम परिस्थितिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्न हौसला प्रदान गर्नुको सट्टा यस्तो घृणित कार्य भएको भन्दै संघले त्यस्ताे कार्यकाे घोर भत्सर्ना गरेकाे छ । साथै, उक्त घटनाको दोषीहरुलाई हदैसम्मको कानुनी कारवाही गर्न संघले माग गरेकाे छ ।

बिध्यमान विषम परिस्थितिमा पनि सेवा प्रदान गरी रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि भविष्यमा यस्ता अमानवीय कार्य नदोहोरियोस भनी निजहरुको पूर्ण सुरक्षाको ग्यारेण्टी नेपाल सरकारबाट हुनु पर्ने संघले माग गरेकाे छ । युनिफिन २०७१ सालमा श्रम विभागमा दर्ताभै विभिन्न स्वास्थ्य सस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई संगठित गर्दै आएकाे छ ।

संघले उनीहरुको क्षमता विकाश, हकहितको संरक्षसँगै आफ्नो पेसाप्रती इमान्दार भइ समाज र नागरिकहरुको सेवा गर्न उत्प्रेरित गर्दै आएकाे छ । विश्वव्यापी मयाारीको रुपमा फैलिरहेको काेराेना भाइरसको दोस्रो लहरको बढ्दो प्रभावले देशव्यापी रुपमा दिनानुदिन संक्रमितको संख्या बढिरहेको छ । यसको नयाँ भेरियन्टको कारण हाम्रो देशमा पनि दैनिक रुपमा करीब दशौँ हजारको संख्यामा संक्रमितको संख्या बढिरहेको छ । दैनिक रुपमा मृतकको संख्यासमेत सयौँ रहेको अवस्था छ ।

60b34bc10fc91.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको