Like us!
Follow us!
Connect us!
Watch us!

अशोक लेलैण्डद्वारा कानून मन्त्रालयलाई ९ थान दमकल हस्तान्तरण

अर्थ संसार

सोमबार, १७ जेठ २०७८, १७ : ५३ मा प्रकाशित

अशोक लेलैण्डद्वारा कानून मन्त्रालयलाई ९ थान दमकल हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई नौ थान दमकल हस्तान्तरण गरेको छ । प्रदेश नं.२ को मागअनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालयलाई हस्तान्तरण गरिएको हाे ।

मन्त्रालयका पदाधिकारीहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राना थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले ९ थान दमकल हस्तान्तरण गरेका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने बताए । कुसवाहाले चालू आर्थिक वर्षको बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए ।

अशोक लेलैण्ड को १६१६ आई एल मोडलको च्यासिसमा बनाईएको दमकलमा जापानिज “शीबौरा कम्पनीको” पम्प प्रयोग गरिएको छ जस्ले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकल जस्तै काम गर्न सकिने जनाएको छ । यस दमकलमा ५५०० लिटर पानी अट्ने क्षमता रहेको छ । साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ, जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षती हुन बाट रोक्न सकिन्छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको