Like us!
Follow us!
Connect us!
Watch us!

‘आइएमई एजेन्ट्समार्फत् नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने’

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १७ : १३ मा प्रकाशित

‘आइएमई एजेन्ट्समार्फत् नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने’

आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु (एजेन्टहरु)मार्फत् अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । 

यस सेवा मार्फत् देशभरि छरिएर रहेका आइएमईका हजारौँ साझेदार मित्रहरुसगं (एजेन्ट्स) यात्रुहरुले सुपथ मुल्यमा अन्तराष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने छन् । 

यसको साथै साझेदार मित्रहरुले आफ्नो ‘आइएमई–एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मुल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस सेवा मार्फत् समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने विश्वास आइएमई ग्रुपको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको