Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई डिजिटल र ललितपुर महानगरपालिकाबीच सम्झौता, आइएमई पे एपबाटै कर तिर्न सकिने

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १४ : ३६ मा प्रकाशित

आईएमई डिजिटल र ललितपुर महानगरपालिकाबीच सम्झौता, आइएमई पे एपबाटै कर तिर्न सकिने

आईएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौता अनुसार विद्युतिय कर भुक्तानीमा महानगरपालिकाले आई.एम.ई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्नेछ । 
हालै सम्पन्न सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुई संस्थाबीच सो सहमति भएको हो । सम्झौतापत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन् ।

सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्नेछन् । 

नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउदा आइएमई पे परिवारले खुशी व्यक्त गरेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको