Like us!
Follow us!
Connect us!
Watch us!

इमर्जिङ्ग नेपालको आईपीओलाई रेटिङ कति ?

अर्थ संसार

बुधबार, १९ जेठ २०७८, १० : १६ मा प्रकाशित

इमर्जिङ्ग नेपालको आईपीओलाई रेटिङ कति ?

इमर्जिङ्ग नेपाल लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीकाे समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक सय रूपैयाँ अंकित दरको ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ । नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेशन पेश गरी त्यहाँबाट स्वीकृती पाएपश्चात कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्नेछ ।

कम्पनीले यसअघि नै निष्कासन तथा बिक्रीका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको