Like us!
Follow us!
Connect us!
Watch us!

इमर्जिङ नेपालको नगद लाभांश वितरण

अर्थ संसार

शुक्रबार, १६ माघ २०८२, ०९ : ३९ मा प्रकाशित

इमर्जिङ नेपालको नगद लाभांश वितरण

इमर्जिङ नेपाल लिमिटेडले गत पुस २८ गते सम्पन्न १०औं वार्षिक साधारणसभाबाट पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीहरूलाई वितरण गरेको छ।

सभाले हाल कायम चुक्ता पुँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर सहित) पुस १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही अनुसार कम्पनीले माघ १३ गतेदेखि सेयरधनीको डिम्याट खातामा उल्लेखित बैंक खातामा नगद लाभांश पठाउन थालेको हो। पुस १६ गतेसम्म सेयर धितो राखी ऋण लिएका सेयरधनीहरूले सम्बन्धित ऋण लिएको संस्थाबाट एनओसी पत्र पेस गरेपछि मात्र नगद लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको सेयर रजिस्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको