Like us!
Follow us!
Connect us!
Watch us!

इमर्जिङ नेपालकाे आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

अर्थ संसार

बुधबार, ०४ फागुन २०७८, १५ : २९ मा प्रकाशित

इमर्जिङ नेपालकाे आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन ४ गते, बुधबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड कार्निभल रेष्ट्राे, अनामनगर, काठमाडाैँमा सम्पन्न भएकाे हाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्द थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । जसमध्ये ८ जनाले ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

कसरी हेर्ने रिजल्ट ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडकाे वेभसाइट (https://www.nicasiacapital.com/) , इमर्जिङ नेपाल लिमिटेडकाे वेभसाइट (https://emergingnep.com/)  र  मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

620cd1e55baff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको