Like us!
Follow us!
Connect us!
Watch us!

दया फाउण्डेशनले कोरोना उपचारको संरचना विकासमा टेवा पुर्याउँदै दियो सामाजिक सन्देश

अर्थ संसार

विहीबार, २० जेठ २०७८, १४ : १७ मा प्रकाशित

दया फाउण्डेशनले कोरोना उपचारको संरचना विकासमा टेवा पुर्याउँदै दियो सामाजिक सन्देश

दया फाउण्डेशनले देशमाव्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा भएका चुनौती तथा समस्याहरुको समाधानमा राहत पुर्याउने उद्देश्यले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।

यस संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटनअस्पताल,नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेण्टरमाहालसम्म ६ थानहाई फ्लो नेशलक्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थानथर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ ।

कोभिड–१९ को कारणले सिङ्गो राष्ट्र स्वास्थ्य सङ्कटमा परेको यस विषम घडीमा आफ्नो संस्था सकृय रुपमा अगाडी बढी थोरै नै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै समन्वय गरीदिनु भएकोमा सम्वन्धित सवैलाई धन्यवादपनि दिनुभयो र संस्थाले सहयोग गरेको अस्पतालहरु विशेषत निम्न आय वर्ग भएकाहरुको उपचारको लागी लक्षित भएको हुँदा यस सहयोगले विपन्न वर्गको कोभिड-१९ को उपचारमा टेवा पुर्याउने कुरा दया फाउण्डेशनकाअध्यक्ष राजेश प्रधानले बताउनु भयो  ।  निजि क्षेत्र पनि यस विषम परिस्थितिमा अगाडी आई समाज सेवामा अग्रसर हुनु पर्ने कुरा पनि अध्यक्ष प्रधानले बताउनु भयो  ।

उक्त संस्थाबाट कोभिड सम्बन्धी कार्यक्रमहरुको समन्वयतथा संयोजन गर्दै आउनु भएका संस्थाका पूर्व अध्यक्ष किपामाथेमाका अनुसार फाउण्डेशनले विविध स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने मात्रनभई संक्रमितको उपचारमा संलग्न रहँदै आएका जनशक्तिको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न तालिमहरुका लागीआयोजना गरिने कुरा बताउनु भयो ।

यस फाउण्डेशनले क्रिटिकल केयर नर्सिङ्ग संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउण्डेशनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ्ग सम्बन्धीभर्चुयल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ भने कोरोना उपचारका क्रममा आवश्यक विशेष सीप नर्सहरूलाई उपलब्ध गराउने उद्देश्यले गत जेठ ९ गते थालिएको प्रशिक्षण जेठ २१गतेसम्मजारी रहनेछ ।

दया फाउण्डेशन समाजसेवी स्व.दयाराम भक्तमाथेमाको स्मृतिमा वहाँको परिवारद्वारा पारिवारिक ट्रस्टको रुपमा समाज सेवाको लागीसन् २००९ मा स्थापित संस्थाहो जसको मूलभूत उद्देश्यमा शिक्षा, स्वास्थ्य र संस्कृति पर्दछ । कोरोना महामारीको पहिलो लहरमा उल्लेख्य स्वास्थ्य सेवाउ पलब्ध गराएबापत टेकु अस्पताल, वीर अस्पताल, कान्तिबाल अस्पताल तथा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको कोभिड नर्सिङ्ग युनिटलाई दया फाउण्डेशनले “एक्सलेन्स अवार्ड”बाट सम्मानित गरिसकेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको