नेपालले भारतको भूमिमा अतिक्रमण गरेको भन्ने प्रधानमन्त्री बालेन शाहको भनाइबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्पष्टता माग गरेको छ। उसले उक्त दाबी तथ्यमा आधारित हुनुपर्ने बताउँदै प्रमाणसहित सार्वजनिक गर्न आग्रह गरेको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा समस्या कूटनीतिक छलफलमार्फत समाधान गरिने बताएका थिए। उनले सीमा विवादका विषयमा दुवै पक्ष बसेर छलफल गर्ने प्रतिबद्धता पनि जनाएका थिए।यसै सन्दर्भमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले उक्त अभिव्यक्तिबारे थप स्पष्टता आवश्यक रहेको बताउँदै विषयलाई तथ्यसहित प्रष्ट पार्न सरकारसँग आग्रह गरेकी छन्।
त्यसक्रममा उनले भनेका थिए, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ।’ सम्माननीय प्रधानमन्त्रीले ‘नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ’ भन्नुभयो । यहाँ कहाँनेर मिचिएको हो यसबारे छिटो भन्दा छिटो अवगत गराइयोस्,यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राखिनपर्यो । यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस