प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि कोसिस भइरहेको बताए । उनले नेपाले पनि भारतको जग्गा मिचेको आफूले पाएको दाबी गरे ।
उनले लिपुलेक, लिम्पियाधुरा मिचेको विषयमा नेपालले पठाएको पत्रमा भारत सरकारले जवाफ पनि दिएको उनले जानकारी दिए ।
प्रधानमन्त्री शाहले भने, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस