Like us!
Follow us!
Connect us!
Watch us!

सुकुम्वासी व्यवस्थापनबारे प्रधानमन्त्री - ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्नुस्

अर्थ संसार

आइतबार, १७ जेठ २०८३, १४ : १३ मा प्रकाशित

सुकुम्वासी व्यवस्थापनबारे प्रधानमन्त्री -  ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्नुस्

प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँका सुकुम्बासी बस्तीमा बसोबास गर्ने नागरिकहरूको जीवन जोखिममा रहेकाले सरकारले उनीहरूको व्यवस्थापन गरिरहेको बताएका छन्। उनले ३५ वर्षदेखि समाधान नभएको समस्या ३५ मिनेटमै खोज्न नसकिने भन्दै धैर्य राख्न आग्रह गरेका छन्।

शाहले भने, ‘उहाँहरुको एकदमै संवेदनशील अवस्थामा हुनुहुन्थ्यो । म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई उनीहरुलाई स्थान्तरण गरेर होल्डिङ सेन्टरमा राख्नुपर्ने र वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्ने सुझाव दिएको थिएँ । अहिले त्यही अनुरुप काम भइरहेको छ । ३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस ।'

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको