Like us!
Follow us!
Connect us!
Watch us!

मिलन खड्काको निर्देशनमा बनेकाे बादल थापाको "धुरूरू" सार्वजनिक (भिडियोसहित)

अर्थ संसार

शनिबार, २२ जेठ २०७८, १९ : ५५ मा प्रकाशित

मिलन खड्काको निर्देशनमा बनेकाे बादल थापाको "धुरूरू" सार्वजनिक (भिडियोसहित)

कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको नयाँ प्रस्तुती “धुरूरू” नामक गीत बजारमा आएको छ । लोकप्रिय गायक तथा संगितकार बादल थापाको स्वरमा रहेको यो गीत उनकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

बजारमा आएको यस “धुरूरू” गीतमा शब्द, संगीत एवं स्वर गायक थापा कै रहेको छ ।

मिलन खड्काको निर्देशनमा बनेको यो गीतमा भित्र रोहेर पनि बाहिर हास्नुको पीडालाई समेटिएको छ । प्रेमिकाको वियोग, याद र चिनो सबै कुराको मिसावटमा बनेको यो गीत साँच्चै नै मार्मिक छ ।

चक्र बहादुर बरालले खिचेका यो गीतको सम्पादन हीम सागर बामले गरेका हुन् । यो गीतको सहायक निर्देशन पनि हीम सागर बामले नै गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको