Like us!
Follow us!
Connect us!
Watch us!

'यातायात सञ्चालन भएको ६ महीनासम्म बैंकको किस्ता तिर्न सक्दैनौं'

पत्रपत्रिका

आइतबार, २३ जेठ २०७८, ०७ : ३७ मा प्रकाशित

'यातायात सञ्चालन भएको ६ महीनासम्म बैंकको किस्ता तिर्न सक्दैनौं'

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निषेधाज्ञा खुलेर यातायात सञ्चालन भएको ६ महीनासम्म बैंकको किस्ता तिर्न नसक्ने बताएको छ । शुक्रवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको टेलिफोन संवादमा महासंघका तर्फबाट सचिव सरोज सिटौलाले यातायात सञ्चालन भएको कम्तीमा ६ महीना किस्तामा छूट दिनुपर्ने माग राखे ।

आगामी साउनमा सार्वजनिक हुने राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत यातायात क्षेत्रलाई सहुलियत दिन बैंकहरूलाई निर्देशन दिनुपर्ने उनले बताए । अघिल्लो वर्ष यातायात क्षेत्रलाई शुरूमा अति प्रभावित क्षेत्रमा राखिएकोमा कार्यविधि बन्दा पछाडि धकेलेका कारण आफूहरूले कुनै सुविधा नपाएको उनको भनाइ छ । ‘निषेधाज्ञाले यातायात क्षेत्रको १० खर्ब लगानी जोखिममा परेको छ, जसमध्ये ८ खर्ब बैंक ऋण हो,’ उनले भने, ‘यातायात दिनभरि काम गरेर साँझ ज्याला लिने क्षेत्र हो त्यसैले गाडी खुलेको कम्तीमा ६ महीना अवस्था सामान्य हुन लाग्छ ।’

अघिल्लो वर्ष ४ महीना बन्द भएको यातायात यस वर्ष निषेधाज्ञा भएपछि १ महीनादेखि बन्द छन् । यातायात बन्द भएपछि १० लाख जनाले प्रत्यक्ष रोजगारी गुमाएको महासंघका सचिव सिटौलाको भनाइ छ । उनले बन्दाबन्दीपछि सडकमा, चउँरमा र ग्यारेजमा थन्किएका सवारीसाधनमा खिया लागेको र इन्जिन बिग्रिन थालेको बताए । 

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको