Like us!
Follow us!
Connect us!
Watch us!

देशभर आठवटा खोप भण्डारण गृह तयार

पत्रपत्रिका

मंगलबार, २५ जेठ २०७८, ०७ : ४१ मा प्रकाशित

देशभर आठवटा खोप भण्डारण गृह तयार

देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् । खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार भएको हो ।

सबै नेपालीलाई सहज र सरल किसिमले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यसहित सातवटै प्रदेश र केन्द्रमा गरी आठवटा खोप भण्डारण गृह निर्माण भएको छ ।

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलले कोरोनाविरुद्धको खोप शीघ्र उपलब्ध गराउन भण्डारण गृह तयार गरिएको जानकारी दिए । खोपको सुरक्षित एवं उचित व्यवस्थापन महत्वपूर्ण हुने भएकाले भण्डारण गृह तयार पारिएको जानकारी उनले दिए ।

उनका अनुसार केन्द्रीय खोप भण्डारण गृह बाराको पथलैयामा, प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधामस्थित मुजेलिया, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा निर्माण गरिएको हो । 

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको