Like us!
Follow us!
Connect us!
Watch us!

गाेर्खाज फाइनान्सले सेयरमूल्यमा नबीललाई उछिन्याे !

नेप्से

बुधबार, २६ जेठ २०७८, ११ : ३१ मा प्रकाशित

गाेर्खाज फाइनान्सले सेयरमूल्यमा नबीललाई उछिन्याे !

चलखेल गरेर गोर्खाज फाइनान्सको सेयर मूल्य उचाल्न लागि परेकाहरू सफल भएका छन् । गाेर्खाज फाइनान्सकाे मूल्य बुधबार १३२६ रूपैयाँसम्म पुगेकाे छ ।

गाेर्खाज फाइनान्सले वाणिज्य बैंकहरूमध्ये उच्च मूल्य भएकाे नबिल बैंकलाई समेत उछिनेकाे छ । नबिल बैंककाे सेयर मूल्य समाचार तयार पार्दासम्म १३१५ रूपैयाँ छ । धितोपत्र बजारमा तिब्र चलखेल गरेर कम्पनीकाे मूल्य बढाइएकाे हाे । पुसमा मात्रै १९५ रूपैयाँमा काराेबार भएकाे थियाे । त्यसयता गाेर्खाज फाइनान्सकाे मूल्य निरंतर उकालाे लागेर बुधबार नबिल बैंकलाई उछिनेकाे हाे ।

पछिल्लो समय नेपालमा धितोपत्र बजारमा विभिन्न कम्पनीको सेयर मूल्यमा चलखेल बढिरहेको देखिन्छ । कुनै निष्चित समूहले आफ्नो निहित स्वार्थ पूर्तीका लागि चलखेल गरेर नयाँ लगानीकर्ताहरुलाई बजारमा फसाउने प्रबृति गोर्खाज फाइनान्समा देखिएकाे जानकारहरु बताउँछन् । गाेर्खाज फाइनान्सकाे सेयर मूल्यमा चलखेल गर्ने प्रयास माघदेखि सुरू भएकाे हाे । त्यतिखेर बजारमा कम्पनीले बम्पर लाभांश वितरण दिने, हकप्रद सेयर जारी गर्ने र अन्य कुनै राम्रो कम्पनीहरुमा मर्ज हुने भनेर हल्ला चलाएर मूल्य उचालेका थिए ।

अहिले बजारमा फाइनान्स समुहका सबै कम्पनीकाे सेयर मूल्य उचालिएकाे छ । त्यसले गर्दा पनि गाेर्खा फाइनान्सकाे सेयर मूल्य उच्च हुँदै गएकाे छ । गोर्खाज फाइनान्सको सेयर मूल्य पुस २८ गतेबाट कम्पनीको सेयर मूल्य निरन्तर उकालो लागिरहेको छ । पुस २८ गते कम्पनीको सेयर मूल्य ९.०५ प्रतिशत, २९ गते ९.८८ प्रतिशतले बृद्धि भयो । त्यसयता कम्पनीकाे सेयर मूल्य थाेरै घट्दै धेरै बढ्दै उच्च विन्दुमा पुगेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको