Like us!
Follow us!
Connect us!
Watch us!

चुरे दोहन हुन नदिने उपप्रधान तथा अर्थमन्त्री पौडेलको प्रतिबद्धता

पत्रपत्रिका

विहीबार, २७ जेठ २०७८, ०७ : ४२ मा प्रकाशित

चुरे दोहन हुन नदिने उपप्रधान तथा अर्थमन्त्री पौडेलको प्रतिबद्धता

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा चुरे उत्खननको भाव र आशयसमेत नरहेको बताएका छन् ।  चुरे संरक्षणको प्रतिकूल हुनेगरी कुनै कार्य र सम्झौता  नहुने उनले स्पष्ट पारे ।

नेपाल वातावरण पत्रकार समूहले बुधबार आयो जना गरेको कार्यक्रममा उनले चुरे क्षेत्रको दोहन हुन नदिने प्रतिबद्धता व्यक्त गरे । खानी विभागले पहिचान गरेका स्थानबाट वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा मात्रै खानीजन्य सामग्री उत्खनन हुने प्रस्ट पार्दै उनले चुरे सँग असम्बन्धित विषयलाई जोडेर राजनीति नगर्न पनि आग्रह गरे ।

वैज्ञानिक हिसाबले उपयुक्त स्थानमा मात्र उत्खनन हुने जानकारी उपप्रधानमन्त्री पौडेलले दिए । वातावरणर प्राकृतिक सम्पदाको संरक्षणमा प्रतिकूल हुनेस्थानमा उत्खनन नहुने उनको भनाइ थियो । त्यस्तै उनले    प्राकृतिक स्रोत दोहन गर्ने लाई कडा कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सिद्धबाबा क्षत्रकोडाँडो काट्ने,खन्ने र उत्खनन गर्न पनि नदिइने उनले जानकारी दिए । सिद्धबाबामा सुरुङ मार्ग निर्माण प्रक्रिया अघि बढेको र त्यसका लागि बजेट विनियोजन भएर बोलपत्रको प्रक्रियामा रहेको पनि उनले जानकारी दिए । 

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको