Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफ इन्स्योरेन्सको बिलम्व शुल्कमा छुट

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, १२ : ५६ मा प्रकाशित

महालक्ष्मी लाईफ इन्स्योरेन्सको बिलम्व शुल्कमा छुट

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने भएकाे छ । 

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न नसकेका र कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका कम्पनीले जनाएकाे छ ।

आम बीमितहरुको यहि समस्यालाई विचार गरी कम्पनीले राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेकाे हाे । २०७८ आषाढ मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई निम्न बमोजिम बिलम्व शुल्क छुट दिने कम्पनीले जनाएकाे छ ।

बीमालेख व्यतित अवधि

बिलम्व शुल्कमा हुने छुट

३ महिना सम्म

१००%

३ महिना माथि - ६ महिना सम्म

७५%

६ महिना भन्दा माथि

५०%

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको