Like us!
Follow us!
Connect us!
Watch us!

एमाले नेता खनाल अस्पताल भर्ना

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, १२ : ४९ मा प्रकाशित

एमाले नेता खनाल अस्पताल भर्ना

नेकपा (एमाले) का नेता झलनाथ खनाल थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएकक छन् । 

नियमित उपचारका क्रममा अस्पताल आएका नेता खनाललाई चिकित्सकको  सल्लाहअनुसार नै आज भर्ना गरिएको हो ।उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार कमजोरी महसुस गरेपछि उपचारका लागि आउनुभएका उनलाई चिकित्सकको सल्लाहमा  नै अस्पतालमा आराम गर्नका लागि भर्ना गरिएको हो । 

“केही कमजोर महसुस भएपछि उहाँलाई आज अस्पताल ल्याइएको थियो”, उनले भने, “घरमा भन्दा चिकित्सकको निगरानीमा अस्पतालमा आराम गर्न सजिलो हुने भएकाले भर्ना गरिएको हो  ।”

उनले नेता खनाललाई त्यस्तो कुनै समस्या नभएको र दुई–तीन दिनपछि घर फर्किने बताए । पूर्वप्रधानमन्त्री खनाललाई यसअघि कोभिड–१९ को सङ्क्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरी उपचार  गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको