Like us!
Follow us!
Connect us!
Watch us!

तीन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

नेप्से

सोमबार, ३१ जेठ २०७८, १४ : ३० मा प्रकाशित

तीन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

आज सोमबार धितोपत्रको दोस्रोबजार कारोबारमा तीन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्क सर्किट लागेको छ । 

अहिलेसम्म खानीखोला हाईड्रोपावर, जोशी हाईड्रोपावर र घलेम्दी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । समयमा बित्तिय विवरण प्रकाशन नगरेकोभन्दै केहि दिन खानी खोला हाईड्रोपावरको दोस्रोबजार कारोबार बन्द गरिएपछि आज मात्र कारोबार फुकुवा गरिएको हो । 

आजको कारोबारमा खानी खोला हाईड्रोपावर कम्पनीको सेयर मूल्य २५ रुपैयाले बृद्धि भएर २७५ रुपैयाँ पुगेको छ त्यस्तै जोशी हाईड्रोपावर कम्पनीको सेयर मूल्य ३१ रुपैयाँले बृद्धि भएर ३४१ रुपैयाँ र घलेम्दी हाईड्रोपावरको ३२ रुपैयाँले बृद्धि भएर ३५२ रुपैयाँ कायम भएको छ । 

पछिल्लो केहि दिन यता निरन्तर रुपमा हाईड्रोपावर कम्पनीहरुको सेयर मूल्य उचालिएको छ । अहिले बजारमा ३०० रुपैयाँभन्दा कम मूल्यको हाईड्रोपावर कम्पनी खानीखोला हाईड्रोपावर मात्र हो भने अधिकांश कम्पनीहरुको सेयर मूल्य ४०० नाँघिसकेको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको