Like us!
Follow us!
Connect us!
Watch us!

लोक सेवा आयोगका रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि

पत्रपत्रिका

मंगलबार, ०१ असार २०७८, ०६ : ४० मा प्रकाशित

लोक सेवा आयोगका रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि

लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने  गरी  आन्तरिक  तयारी  गरिरहेको  छ  ।  आयोगमा  पदाधिकारी  सिफारिस  भए पनि  नियुक्ति  भइनसकेको  तथा  कोरोना(कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । 

कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित  कार्यतालिकाअनुसार  कसरी  अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी  गरेको  हो  ।  आयोगमा  पदाधिकारी नहुँदा र कोरोनाका  कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा पुगेको छ । 

लोक  सेवा  आयोगका  सचिव  महेन्द्रप्रसाद गुरागाईंले आयोगका पदाधिकारी सफारिस भए पनि नियुक्ति भइनसकेकाले आन्तरिक रूपमा मात्रै काम गरिएको  बताए । उनले कोरानाका  कारण  विज्ञापन भएका कतिपय पदको परीक्षा हुन बाँकी  रहेको  जानकारी  दिए  ।  उनले भने, “कोभिड–१९ का कारण रोकिएको परीक्षा अगाडि बढाउने योजना बनाएका छौँ । कोभिड  सङ्क्रमण  कम  भएपछि  उपयुक्त समयमा  परीक्षा  सञ्चालन  सुरु  गर्ने  गरी  तयारी गरेका छौँ ।”

चालू आर्थिक वर्षको दरबन्दी पदपूर्ति गर्न  पदाधिकारीले  नियुक्ति  पाउनासाथ  थप  काम अगाडि बढ्ने उनले स्पष्ट पारे । उनले  भने, “निषेधाज्ञा  रोकिनु  प¥यो  र विद्यार्थीलाई कम्तीमा पढ्नका लागि एक महिना समय राखेर सूचना निकाल्नु प¥यो ।” 

साउनमा  परीक्षा  सञ्चालनको  सूचना  निकाल्ने तयारी रहेको जानकारी दिँदै उहाँले कोभिड सङ्क्रमणको अवस्थामा निर्भर गर्ने बताए । सचिव गुरागाईंले भने, “परीक्षा सञ्चालन गर्न सरकारले अनुमति दिने  र  जोखिम  नहुने  अवस्था  भयो  भने  जहिलेदेखि हुन्छ त्यहिलेदेखि गर्ने, साउनपछि गर्न सकिन्छ भन्ने योजना बनाएका छौँ ।”

आयोगका प्रवक्ता तोयनारायण सुवेदीले अघिल्लो  आर्थिक  वर्षको  खरिदार  पदको  प्रवेश  परीक्षा  भएर  मूल  परीक्षा  रोकिएको  जानकारी दिए । उनले  भने, “चालू  आर्थिक वर्षको सबै विज्ञापन  आयोगको वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा भइरहेको छ तर कुनै पनि पदको परीक्षा भने सञ्चालन भएको छैन ।” 

गत  आर्थिक  वर्षमा  कारोनाका  कारण रोकिएका परीक्षा यो वर्ष सम्पन्न गरिएको पनि उनले जानकारी दिए । सुरुका दुई महिना केही विज्ञापनको विषयमा अदालतमा मुद्दा परेका कारण सहसचिवदेखि  खरिदारसम्मको  परीक्षा रोकिएको उनले बताए । उनले चैत १० देखि आयोग पदाधिकारीविहीन बन्दा काम रोकिएको स्पष्ट पारे ।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको