Like us!
Follow us!
Connect us!
Watch us!

स्वीस बैंकमा बढी रकम जम्मा गर्ने दक्षिण एशियाली मुलुकमा नेपाल चौथो

पत्रपत्रिका

आइतबार, ०६ असार २०७८, ०८ : १६ मा प्रकाशित

स्वीस बैंकमा बढी रकम जम्मा गर्ने दक्षिण एशियाली मुलुकमा नेपाल चौथो

स्वीस बैंकमा नेपालीहरूले जम्मा गरेको निक्षेप मौज्दात रकमको आधारमा नेपाल दक्षिण एशियाका देशहरूमा चौथो नम्बरमा रहेको पाइएको छ ।

स्वीस केन्द्रीय बैंकले सार्वजनिक गरेको विदेशीहरूको निक्षेपसम्बन्धी विवरणअनुसार बढी निक्षेप राख्नेमा भारत, पाकिस्तान र बंगलादेशपछि नेपाल रहेको छ ।

सर्वाधिक बचतको हिसाबले दक्षिण एशियामा पहिलो नम्बरमा भारत छ । भारतको २ अर्ब ५५ करोड २६ लाख, दोस्रोमा पाकिस्तानको ६४ करोड २२ लाख, बंगलादेशको ५६ करोड २९ लाख ९स्वीस फ्रयाङ्क० बचतमा रहेको सार्वजनिक गरिएको तथ्यांकले देखाउँछ । त्यसपछि चौथोमा नेपाल रहेको छ ।

सार्वजनिक तथ्यांकअनुसार २०१९ मा स्वीस बैंकमा नेपालीको निक्षेप १७ करोड ५९ लाख स्वीस फ्रयाङ्क अर्थात् २२ अर्ब ५३ करोड रहेको थियो । सन् २०२० मा ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्वीस फ्रयाङ्क ९शनिवारको विनिमय दरअनुसार नेरू ४६ अर्ब २२ करोड० निक्षेप रहेको छ ।

नेपालमा माओवादी द्वन्द्व शुरू भएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्वीस बैंकमा रकम जम्मा गर्न थालेको देखिन्छ । स्वीस नेशनल बैंकले सार्वजनिक गरेको विवरणअनुसार १९९६ मा ४ करोड ७५ लाख स्वीस फ्रयाङ्क जम्मा गरेको देखिन्छ ।

द्वन्द्वकालको १० वर्षे अवधिमा ८ करोड ९७ लाख स्वीस फ्रयाङ्क स्वीस बैंकमा जम्मा गरेको तथ्यांकले देखाउँछ । स्वीस बैंकहरूले पहिलेदेखि नै आफ्ना ग्राहकको व्यक्तिगत सूचना सार्वजनिक नगर्ने भएकाले नेपालीहरूले पनि गैरकानूनी ढंगले कमाएको पैसा राखेका हुन सक्ने आकलन गरिँदै आएको छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको