Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

अर्थ संसार

आइतबार, ०६ असार २०७८, १४ : ४९ मा प्रकाशित

लाभांश पारितसँगै प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको  उन्नाइसौं वार्षिक साधारण सभा आज (असार ६ गते, आइतबार) होटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा सम्पन्न भएकाे छ । 

उक्त साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको उन्नाईसौं वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस शेयर र ०.४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित भएको छ । साविक १ अर्ब २ करोड  ६४ लाख ३२ हजार चुक्ता पूँजीबाट बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय हुनेछ ।

वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत २ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक शैलेष संघई र  अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन् । सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराउनु भएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको