सरकारले उपत्यकामा निषेधाज्ञामा खुकुलाे पार्ने भएसँगै अब राइड सेयरिङ कम्पनीहरु पनि सञ्चालनमा आउने भएका छन् ।
अबको निषेधाज्ञामा निजि सवारीसाधानहरुलाई जोर बिजोर प्रणालीमा चल्न दिईने र्निणय भएको हुनाले अब टुटल र पठाओले पनि सेवा सुरु गर्ने भएका हुन् ।
पठाओ आज रातीबाट सुरू हुन्छ । यता टुटल भने भोलीबाट सञ्चालनमा आउने छ । टुटल र पठाओ दुवै जोर बिजोर प्रणालीमा चल्नेछन् ।
हिजाे (असार ६ गते, आइतबार) बसेको उपत्यकाका ३ जिल्ला भक्तपुर, ललितपुर र काठमाडौँका सिडिओहरुको बैठकले उपत्यकामा जारी निषेधाज्ञा केहि परिमार्जनसहित एक साता थप गर्ने निर्णय गरेको थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस