Like us!
Follow us!
Connect us!
Watch us!

ज्ञानेन्द्रलाल प्रधान भन्छन् “हिजो अस्तीको करेक्सनले बजारलाई झनै बलियो बनाएको छ”

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, १५ : ३३ मा प्रकाशित

ज्ञानेन्द्रलाल प्रधान भन्छन् “हिजो अस्तीको करेक्सनले बजारलाई झनै बलियो बनाएको छ”

सेयर बजार हात्तीको चाल जस्तो हुने उर्जा विकास परिषदका अध्यक्ष एवमं नेपालका पुराना ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले बताएका छन् । 

बजार ओरालो लागे पनि बिस्तारै झर्ने र उकालो लाग्दा पनि बिस्तारै चढ्ने बताउँदै उनले सेयर बजारमा पनि अहिले यही प्रभावले गर्दा आधारभूत र प्राविधिक दुवै पक्षले काम नगर्ने बताएका छन् । लगानीकर्ताहरूमा दिन दोगुना रात चौगुना बनाउन खोज्ने बानी हुन्छ भन्दै उनी थप्छन्, "धेरै जसो लगानीकर्ताहरू शहरमा छन् जहाँ उनीहरूले आफूभन्दा धेरै धनी व्यक्तीहरू देखिरहेका हुन्छन् र उनीहरूलाई पनि पैसा कमाउने इच्छा हुन्छ । त्यसैले, सेयर बजार अझै बढ्छ तल जाँदैन ।"

अहिले फण्डहरू पर्याप्त रहेको, रेमिट्यान्स पनि बढेको र डिम्याट खाता खोल्नेहरूको संख्या पनि बढ्दै गएको हुनाले सेयर बजार बढ्न अझै सजिलो हुने बताउछन् उनि ।

बोर्डको विज्ञप्तिपछि आज बढेको सेयर बजारले बजार अझै बलियो रहेछ भन्ने कुरा पुष्टि गर्ने तर्क गर्छन् उनी । लगानीकर्ताहरू पनि आत्तिएका छैनन् भन्ने देखिएको उनको भनाइ छ । करेक्सन नआएको भए बजार थोरै मात्र माथि जाने थियो भने यो करेक्सनले गर्दा अझै धेरै माथि जाने उनको दावी छ । 

मानिसहरूमा पैसा कमाउने इच्छा बढेको बताउँदै उनले दिर्घकालिन रूपमा बजार माथी जाने बताए । त्यसैगरी, अबको दुई तिन महिनामै कम्पनीहरुले बोनश घोषणा गर्न सुरु गर्ने भएकाले पनि पनि बजार बढ्न सजिलो हुने उनी बताउँछन् ।

उनी भन्छन्, "अब मौद्रिक नीतिले ठूलै केही गरे मात्रै बजारमा प्रभाव पर्ला नत्र बजार माथी नै जान्छ ।" अहिलेको अवस्थामा नियामक निकायहरुबाट पनि बजारलाई नकारात्कम प्रभाव पर्ने गरी कुनै पनि गतिबिधि नहुनसक्ने उनको विश्वास छ ।

एक सातापछि सेयर बजारमा हरियाली देखिएकाे छ । गत मंगलबारबाट लगातार ओरालो लाग्दै राताम्मै बनेको सेयर बजारमा आज (मंगलबार) भने हरियाली देखिएकाे छ । गत मंगलबार नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले ५१ वटा कम्पनीकाे नामसहित विज्ञप्ति सार्वजनिक गरेकाे हुनाले सेयर बजारमा त्यसकाे प्रत्यक्ष प्रभाव परेकाे थियाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ७३.८८ अंकले बढेर २९०८.२८ मा पुगेकाे छ । कूल २२५ वटा कम्पनीकाे १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रुपैयाँको कारोबार भएकाे छ ।  

याे पनि :

कस्ता कम्पनीले अब लगानीकर्तालाई फसाउने वाला छन् ? आउने बेरिस झन डरलाग्दो हुनेछ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको