Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डको विज्ञप्ति सेयर बजारले पचाएकै हो ? देखियो सकारात्मक उछाल

नेप्से

मंगलबार, ०८ असार २०७८, १४ : ५१ मा प्रकाशित

बोर्डको विज्ञप्ति सेयर बजारले पचाएकै हो ? देखियो सकारात्मक उछाल

गत मंगलबारबाट लगातार ओरालो लाग्दै राताम्मै बनेको सेयर बजारले आज (मंगलबार) भने उकालो यात्रा तय गरेको छ । गत मंगलबार नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले ५१ वटा कम्पनीकाे नामसहित विज्ञप्ति सार्वजनिक गरेकाे हुनाले सेयर बजारमा त्यसकाे प्रत्यक्ष प्रभाव परेकाे थियाे । सेयर बजार नकारात्मक हुँदै गएपछि लगानीकर्ताहरू पनि निराश भएकाे थिए । मंगलबार फेरि नेप्सेमा हरायाली छाएको छ । सेयर बजारमा हरियाली छाएसँगै लगानीकर्ताहरू पनि उत्साहित बनेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ७९.४४ अंकले बढेर २९१३.८४ मा पुगेकाे छ । नेप्से २.८०  प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १६.१९ अंकले बढेर ५३६.३४ मा पुगेको छ ।

कूल २२५ वटा कम्पनीकाे १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे परिसूचकमा हरियाली छाएकाे छ ।

त्यसैगरी, मंगलबार काराेबार रकमका आधारमा आज नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले अग्रता हासिल कायम गरेकाे छ । कम्पनीकाे १ अर्ब ४९ कराेड रूपैयाँ भन्दा धेरैकाे काराेबार भएकाे छ । कम्पनीले आज मात्रै गत आर्थिक वर्षको वितरण योग्य मुनाफा र सेयर प्रिमियमबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ समेट ३.५० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंगलबार ६ वटा कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । अपि पावर कम्पनी लिमिटेड, ङादी ग्रुप पावर, पञ्चकन्या माइ हाइड्राेपावर, बरूण हाइड्राेपावर, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

मंगलबार गाेर्खाज फाइनान्स, रूरू जलविद्युत परियाेजना लगायतका सेयरधनीहरूले गुमाएका छन् ।

हेराैँ आजको सेयर तालिका :

60d1b5fecd2cc.jpg 60d1b606e4f7b.jpg 60d1b60c2f8eb.jpg 60d1b6136aa51.jpg 60d1b61a3be14.jpg 60d1b622d394b.jpg 60d1b62a0e9dc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको