Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न ३ कम्पनीले दिए बोर्डमा निवेदन, कुनको कति ?

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, १८ : २५ मा प्रकाशित

आईपीओ निष्कासन गर्न ३ कम्पनीले दिए बोर्डमा निवेदन, कुनको कति ?

विभिन्न ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । २ वटा इन्स्याेरेन्स कम्पनी र एउटा लघुवित्तले सेबाेनमा निवेदन दिएका हुन् ।

१. सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

सानिमा लाइफ इन्स्योरेन्स कम्पनील लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ ९ गते, सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

२. आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ ३१ गते, सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

३. नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ कराेड २८ लाख ७५ हजार रूपैयाँ बराबरकाे ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न असार ६ गते, सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

60d1dc45c3828.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको