Like us!
Follow us!
Connect us!
Watch us!

आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

बुधबार, ०९ असार २०७८, ११ : ५८ मा प्रकाशित

आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्ने

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित तेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे हाे ।

संस्थाकाे असार ८ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार ३१ गते, बिहीबार संस्थाकाे केन्द्रिय कार्यालय, बनेपा, काभ्रेपलाञ्चाेकमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । संस्थाले हालको जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमकाे सर्वसाधारणलाई सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको